हामी एनएफसी स्टुटगार्ट ई.भी. परिवारको तर्फबाट NRNA CUP 2025 लाई म्युनिखमा उत्कृष्ट तरिकाले आयोजना गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तपाईँहरूको व्यावसायिकता, लगनशीलता र उत्कृष्ट व्यवस्थापनले यस प्रतियोगितालाई एक यादगार तथा आदर्श फुटबल वातावरण बनाउन सफल भएको छ।
हाम्रो पुरुष टोलि सेमिफाइनलसम्मको यात्रा गर्न सफल भयो, तर सेमिफाइनल खेलमा एनएफसी ह्यानोभर हामीभन्दा उत्कृष्ट साबित रह्यो र हामीलाई फाइनलमा पुग्नवाट वञ्चित गरिदिनु भयो। महिला टिमको खेलमा फेरि पनि भाग्यको खेलले यसपटक स्टुटगार्टमा कप ल्याउन सम्भव भएन। तर हामी निराश छैनौँ, बरु प्रत्येक प्रतियोगिताबाट अनुभव, प्रेरणा र शिक्षा लिँदै छौँ कि फाइनलसम्म पुगेर उपाधि जित्नु सजिलो कुरा होइन।
महिला तर्फवाट NFC Stuttgart तथा NRNA CUP 2025 वाट Swostika Rawat (जसले ४ खेलमा लगतार ४ वटै Man of the Match जित्नु भयो) man of the Tournament हुन सफल रहिन भने पुरूष तर्फवाट Susan Lama २ वटा man of the Match performance सहित Man of the Tournament from NFC Stuttgart हुन सफल हुनु भएको छ।
यस NRNA कपमा नजिकका प्रतिस्पर्धा प्रस्तुत गर्नुभएका Khukuri Bremen FC, NFT-Munich, NFT Weingarten, NFC Hannover , FC Berlin NEPAL e.V Women, NFC BONN Women, NFT Munich Women, NFCH Women सबै टोलीप्रति पनि हामी आभार प्रकट गर्दछौँ। तपाईंहरू सबैसँगको सकारात्मक फुटबल प्रतिस्पर्धाले यस प्रतियोगितालाई अझ रमाइलो र प्रेरणादायी बनाएको छ।
हामी आगामी वर्ष NRNA CUP 2026 Stuttgart भेट हुने नै छौ र यसैगरी सकारात्मक फुटबल वातावरण सँगै बाँड्ने छौ भन्ने आशा गर्दछौँ।




